SAIM College

News and Events

Rastriyabahas 2075



राष्ट्र बहस

“राष्ट्र बहस प्रतियोगिता” नेपाली भाषामा तर्कसंगत बहस र वैचारिक वादविवादको लागि उचित मञ्च प्रदान गर्ने उदेश्यका साथ सञ्चालन हुँदैछ । समावेशिताको सिद्धान्त अनुरुप आफ्ना विचारहरु नेपाली भाषामा व्यक्त गर्न सकिने स्थानको निर्माण गर्नु यसका लक्ष्य हो । राष्ट्रिय बहस प्रतियोगिता Debate Network Nepal (DNN) ले आयोजना गर्दैछ ।

नेपाली समाजमा बहसको संस्कृतिलाई प्रोत्साहन गर्नको लागि स्तरिय बहसकर्ता, निणार्यक र प्रशिक्षकहरुको निर्माण गर्ने र प्रजातान्त्रिक विचारधाराको एक मुल मान्यताको रुपमा रहेको वैचारिक स्वतन्त्रतालाई उत्सवको रुपमा मनाउन हातेमालो गर्ने अभिलाषा यो कार्यक्रमले बोकेको छ ।

कार्यक्रम २०७५ कार्तिक ३० देखि मङ्सिर ३ गते सम्म हुनेछ । चार दिनको कार्यक्रम अवधिमा बेलायती संसदीय प्रणालीमा घनिभुत तालिम र बहसहरु हुनेछन् ।

बेलायती संसदीय प्रणाली अन्तर्गत प्रत्यक बहस एक घण्टा समयावधिको हुन्छ जसमा चार दुई सदस्यीय टोली हुन्छन्, जसलाई सरकार र प्रतिपक्ष गरि दुई भागमा बाँडिन्छन् र उनिहरुले दिइएको विषयमा क्रमशः पक्ष र प्रतिपक्षमा बहस गर्छन् ।

विवरणः

मितिः २०७५ कार्तिक ३० देखि मङ्सिर ३ गते सम्म
स्थानः Saim College, Purano Baneswor
अधिकतम टोली संख्याः ४०
बहसकर्ताको संख्या प्रति टोलीः २
दर्ता शुल्कः रु. ३०००
दर्ता गर्ने अन्तिम मितिः २०७५ कार्तिक १५
तालिमः २०७५ कार्तिक ३० गते
समुह चरणः २०७५ मङ्सिर १ र २
नकआउट चरणः २०७५ मङ्सिर ३
फाइनल: २०७५ मङ्सिर ३